पोखरा । कास्की निर्बाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा तर्फको प्रारम्भिक मतगणनामा झिनो मतले नेकपा (एमाले)ले अग्रता लिएको छ । एमालेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पछ्याइरहेको छ ।
नेकपा एमालेका उमेद्वार दामोदर पौडेल बैरागीले ५७८ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी रास्वपाका योगराज पौडेलले ५५९ मत पाएका छन् । त्यस्तै सत्ता गठबन्धनका तर्फबाट उमेद्वार बनेका नेकपा माओवादी केन्द्रका रामजी बरालले २२८ मत मात्र पाएका छन् ।
अहिले गणना भइरहेको मत पोखरा महानगर पालिका वडा नम्बर १ को हो । त्यसैगरि राप्रपाका उमेद्वारले ११३ भोट ल्याएका छन् ।