विभिन्न पार्टी परित्याग गरि १५ युवा एमाले प्रवेश

पोखरा । विभिन्न पार्टी परित्याग गरि १५ युवा नेकपा (एमाले) प्रवेश गरेका छन् । एमाले कास्की निर्वाचन क्षेत्र नंं. २(१) मा भएको युवा तथा विद्यार्थी भेलामा उक्त युवाहरु विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका हुन् ।

कास्की क्षेत्र नं. २(१) युवा तथा विद्यार्थी परिचालन उप–समितिकी संयोजक सरस्वती पुरीको अध्यक्षता तथा संयोजनमा भएको कार्यक्रममा पार्टी प्रवेश गर्ने युवाहरुलाई एमाले नेता रश्मि आचार्य, तेज नारायण अधिकारी, दर्शन लामा, जीवन आचार्यलगाएतले स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।

कमेन्टहरु
Loading...