पोखरा । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बराल राजनीतिलाई राम्रो र विश्वसनीय बनाउनुपर्ने बताएका छन् ।
‘राजनीतिलाई राम्रो र विश्वसनीय बनाउन प्रतिवद्व छु, उनले भने– राम्रो र विश्वसनीय राजनीतिले देशलाई बचाउँछ, जनतालाई खुशी दिन्छ ।’
राजनीति हो, उम्मेद्बार हुँ भन्दैमा जे पनि बोलिदिने र भनिदिने पक्षमा आफू नरहेको उनको भनाइ छ ।
उनले विग्रन लागेको देशलाई जोगाउन पनि आफ्नो उम्मेद्बारी भएको उल्लेख छ । उम्मेद्बार बरालले देश बनाउने अभियानमा सबै एकजुट हुनुपर्ने आवश्यकता समेत औल्याए ।
बुधबार पोखरा २६ का विभिन्न स्थानमा आयोजित कोणसभामा उहाँले देशको ध्यान तान्न सक्ने गरी संसदमा प्रस्तुत हुने भन्दै विजयी गराउन आग्रह गरे ।
‘स्पष्ट योजना छ, स्पष्ट दृष्टिकोण छ, उनले भने– सबै मतदाताले गर्व गर्ने गरी काम गर्छु, ढुक्क हुनुहोस्।’
उनस् पाँच सुत्रीय अभियानका साथ चुनावी मैदानमा छन् । मेरो इरादा, संसद र सांसदको मर्यादा, राजनीतिमा शुद्वता, मेरो प्रतिवद्वता, समृद्विको निकास, गुणस्तरीय र योजनाबद्व विकासलाई आफ्नो सुत्र भनेका छन् ।
त्यस्तै, देशको समृद्वि र शान्ति, बाटो हो कृषि पर्यटनमा क्रान्ति तथा टाउको (ज्ञान), हृदय (प्रेम र शान्ति) र हात (उद्यमशीलता र सीप) सहितको शिक्षा, विकास सुधार गर्ने मेरो महान सदीक्षालाई आफ्नो सुत्रका रुपमा अघि सार्दै निर्वाचनमा होमिएका हन् ।
ती सुत्रका आधारमा कास्की जिल्लालाई राजनीति, विकास र शिक्षाका दृष्टिकोणले चिनाउने संकल्प गरे ।
कास्की काँग्रेसका सभापति समेत रहेका उम्मेद्बार बरालले आफू काँग्रेस कार्यकर्ता भएपनि विकास, निर्माण र समृद्धिको विषयमा साझा हुने उल्लेख गर
का छन् ।
कास्की क्षेत्र नं १(क) प्रदेश सभा सदस्य उम्मेद्बार विगतमा जस्तै यसपटक पनि जनताको साथ र समर्थन पाउँने विश्वास व्यक्त गरे ।