पोखरा । पोखरा वडा नम्वर १८ का मतदाताले खानेपानीको समस्या समाधान गरिदिन एमाले उम्मेरवारहरुसँग आगह गरेका छन् । पोखरा १८ को अन्य ठाउँको तुलनामा माथिलो क्षेत्र तोरिपानी ,गोठादी , पदेली र तल्लो क्षेत्र भकुन्डेमा खानेपानीको चरम अभाव भएको त्यहाँकास्थानीय बताउँछन ।
कास्की ३ (१) का प्रदेश सभा उम्मेदवार गणेशमान गुरुङसँग सोमबार भएको भेटमा त्यहाँका स्थानीयले भने–‘खानेपानी जस्तो मानिसकोअति आधारभूत आवश्यकताबाट हामी बञ्चित भएका छौं । ओली सरकारको पालामा काम सुचारु भएको देउबा सरकारले बजेटनै काटैती गरेको बताए । हामीलाई बाटोको पनि समस्या छ, हामी महानगरवासी भन्न पनि लाज लागेर आउँछ । स्थानीय, प्रदेश र केन्द्रजति प्रकारका सरकार भएपनि हाम्रो समस्या समाधान भएको छैन , त्यसैले हाम्रा आधारभुत आवश्कतालाई पूरा गरिदिनुहोला भन्ने हाम्रोआग्रह हो ।’ स्थानीयका समस्यालाई मनन गर्दै उम्मेदवार गुरुङले भुगोलको हिसावले सुगम भएपनि सुविधाको हिसावले दुर्गम भएको पोखरा १८ कासमस्यालाई जस्तो भुगोल त्यस्तै सुगम बनाउन पूर्वाधारको विकास गर्ने वचन दिएका छन ।
आफु निर्वाचित भएपछि पोखरा १८ बाट नै विकासको काम शुरु गर्ने उनको प्रतिवद्धता छ । उम्मेदवार गुरुङलाई सोमबार पोखरा १८ को साविक सराङ्गकोटमा घरदैलो कार्यक्रममा हर्पन खोलाले कटान गर्ने बस्ती संरक्षण लगायतका विषय चङ्खपुरका मतदाताहरूले गुनासो गरेका थिए ।
उनले सामाजिक विकृती विसंगति विरुद्ध आमा तथा युवा समुहसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता समेत जाहेर गरे । पर्यटनको थप प्रवद्धन , सराङ्गकोटमा निर्माणको अन्तिम चरणमा पुग्येको शिव मन्दिर , सेदीमा कल्भट निर्माण , सुकुम्बासी बस्ती व्यवस्थापन लगायतका विषयहरु आफुलाई अबगत भएको र निर्वाचित भय प्रश्चात पहिलो चरणमा काम सुरु गर्ने कास्की ३ प्रतिनिधी सभा सदस्य उम्मेद्वार दामोदर बैरागीले बताए ।