अष्ट्रेलियाको स्थानीय चुनावमा नेपालकी रेनुका लामा निर्वाचित

पोखरा / अष्ट्रेलियाको स्थानीय काउन्सिलको चुनावमा नेपालकी रेनुका लामा निर्वाचित भएकी छन् । लामा एडिलेड शहरबाट दक्षिणमा पर्ने मेरियन काउन्सिल अन्तरगतको वरिपरिंगा वार्डको काउन्सिलरका लागि निर्वाचित भएकी हुन् ।

 

गैर आवासीय नेपाली संघ साउथ अष्ट्रलियाको संयोजक लामा पेशाले रजिष्ट्रर्ड नर्स हुन् । उनी एडिलेडको एसफोर्ड हस्पिटतलमा कार्यरत छिन् । तीन जना प्रतिस्पर्धीलाई पराजित गर्दै लामा १२०४ मतसहित विजयी भएकी हुन् ।

कमेन्टहरु
Loading...