विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज गण्डकीको अध्यक्षमा ईन्द्रराज अर्याल चयन

पोखरा । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज गण्डकी प्रदेशको अध्यक्षमा ईन्द्र राज अर्याल चयन भएका छन् ।

समाजको उपाध्यक्षमा शुशिला ढुङ्गाना महासचिवमा वसन्त बराल सचिवमा लक्ष्मी दाहाल कोषाध्यक्षमा जिवनाथ वस्ताकोटी रहेकाछन् भने सदस्यहरुमा अनिल घिमिरे,बन्दना अधिकारी,सिता पौडेल,पवित्रा बोगटी र कुशल काफ्ले रहेका छन् । समाजको संगठनप्रमुखमा गंगा अर्याल तथा संरक्षकमा चन्द्रकान्त बराल रहेका छन भने सल्लाहकारहरुमा डा. कल्पना पौडेल र ऋषिराज लम्साल रहेकाछन् । समाजको केन्द्रिय सगंठन प्रमुखमा सुवेदी गंगा राज र समाजको संस्थापक अध्यक्ष विश्व योग गुरू आचार्य राजन शर्मा रहेका छन्।

त्यसैगरि कास्की जिल्लाको अध्यक्षमा मन्जु श्री थापा उपाध्यक्षमा सृजना शर्मा सचिवमा राधा देवी भटराई र सदस्यमा सिता शर्मा रहेकाछन् ।

सामजका गण्डकी प्रदेश अध्यक्ष अर्यालले विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज गण्डकीकोे मुख्य उद्रेश्य अध्यात्म विज्ञान सगंसम्वन्धित रहेर मुत्ति मार्गमा लाग्नको लागी हरेक दिन साधनामा जुट्न प्रेरित गर्ने उद्रेश्यका साथ स्थापना भएको बताए । गण्डकी प्रदेशअध्यक्ष अर्यालले नेपाललाई योग र तप भुमि भनेर चिनाउने, नेपाललाई योग गुरूको देश बनाउने उद्रेश्य र सकंल्पका साथ विश्व योग गुरूयोगी आचार्य राजन शर्माले समाजको स्थापना गरेको बताए ।

जुम मिटिङमा गरिएको कार्यक्रममा नव निर्वाचित समितिलाई संस्थापक अध्यक्ष आचार्य राजन शर्माले सपथ खुवाएका थिए कार्यक्रमसन्चालन केन्द्रिय संगठन प्रमुख सुवेदी गंगा राजले गरेका थिए ।

कमेन्टहरु
Loading...