कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो र मतदाता भेटघाट कार्य क्रम तीव्र परेका छन् ।
उनले मङ्लबार पोखरा ३१ मा घरदैलो र मतदाता भेटघाट गर्नुभएको छ । उनले बुधबार पोखरा १० मा घरदैलो र मतदाता भेटघाट गर्ने बताइएको छ । मतदातासँगको भेटघाटबाट आफूलाई थप उर्जा मिलेको उम्मेद्बार बरालको भनाइ छ । भेटघाटमा मतदाताबाट सकारात्मक सद्भाव मिलेको छ, उनले भने – म निकै खुशी र उत्साहित छु । ’
पोखरा ३१ मा मतदाता भेटघाटपछि विभिन्न स्थानमा कोणसभा गरिएको थियो । कोणसभामा उम्मेद्बार बरालले राजनीति समाज सेवा भएको बताए ।
उनले सांसद भएपछिको सम्पूर्ण तागत समाजको हितमा भरपूर उपयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।
कास्की काँग्रेसका सभापति समेत रहेका उम्मेद्बार बरालले समाजका लागि गर्नै पर्ने धेरै काम मध्य स्थानीयको प्राथमिकताका आधारमा अघि बढाउने बताए ।
उनले गठबन्धनको तागतले गठबन्धनका सबै उम्मेद्बारलाई विजयी बनाउने भन्दै कुनै शक्तिले गठबन्धनलाई हल्लाउन नसक्ने दावी गरे ।
प्रदेश सभा सदस्य उम्मेद्बार दीपक कोइरालाले मतदाता आफुप्रति निकै सकारात्मक पाएको उल्लेख गरे ।