विकासका लागि एमालेको विकल्प नरहेको प्रतिक्रिया

पोखरा । नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ का उम्मेदवारहरुले शनिबार पोखरा–२३ का विभिन्न स्थानमा घरदैलो गरेका छन् । प्रतिनिधी सभा सदस्य दामोदर बैरागी र प्रदेश सभा सदस्यका उम्मेदवार राजिव पहारीले सो क्षेत्रका जनताहरुसंग भोट अपिल गर्दै त्यहाँ पुगेका हुन् । उम्मेदवारहरुलाई आफ्नों घर आँगनमा पाउँदा त्यस क्षेत्रका जनताहरु उत्साहित भए । उनीहरु स्वतःस्फुर्त घरबाट निस्किदै उनीहरुको घरदैलो कार्यक्रमलाई साथ समेत दिए ।

सो क्षेत्रका निवर्तमान सांसद समेत रहेका राजिव पहारीले ३० वर्ष देखि पुल बनाउने आफुहरुको सपना साकार पारेको भन्दै फेरी पनि पहारीलाईनै उम्मेदवार पाउँदा हर्ष लागेको बताए । बस्ती संरक्षणका लागि दिनरात र वर्षातको समेत प्रवाह नगरि जनसेवामा खटेका पहारीको योगदान आफुहरुले नबिर्सिएको घाँटिछिना, ठूलाखेतका स्थानियहरुको प्रतिक्रिया थियो । लामो समयदेखि निष्ठाको राजनीति गर्दै आएका बैरागी विजयी भएपछि जनसेवामा पनि त्यसरिनै लाग्नेमा उनीहरुले विश्वास व्यक्त गरे ।

शनिबार उम्मेदवार बैरागी र पहारी वडा नम्बर २३ स्थित असलचौर, लोखलढुङ्गा, बाम्दी, निर्माने, खोरपाखा, चैनपुर, बाम्दी लगायतका स्थानमा पुग्दा त्यहाँका आमा समुह, युवा समुह लगायतले स्वागत गरेका थिए । उनीहरुले विकासको विकल्प एमाले बाहेक अरु नभएको बताउँदै फेरीपनि एमालेकै उम्मेदवारलाई विजयी गराउने संकल्प गरे । यसअघि उम्मेदवारद्वय पहारी र बैरागीले शुक्रबार पोखरा–२४ स्थित कास्कीकोट, पामे, लौरुक, कार्कीको तहरा, खोरियापानी, गैह्रावारी, मौला,पाटेस्वाँरा, लौसिवोट, खड्गाउँ लगाएका स्थानहरुमा घरदैलो गरेका थिए ।

 

कमेन्टहरु
Loading...