एमालेमै फर्किए समाजवादी निकट अनेरास्ववियूका स्थायी कमिटी सदस्य र युवा संघका केन्द्रीय सचिवालय सदस्य

पाेखरा । नेकपा समाजबादी निकट बिद्यार्थी संघठन अनेरास्ववियूका स्थायी कमिटी सदस्य आकाश खनाल र युवा संघका केन्द्रिय सचिबालय सदस्य भानु खनाल नेकपा एमालेमा फर्किएका छन् । अनेरास्ववियु अध्यक्ष तथा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य सुनिता बरालको उपस्थितिमा भएको घर फर्क अभियान अन्तरगत आफुहरु पुरानै घर फर्किदा अत्यन्तै हर्षित भएको आकाश खानालले बताए । केही समय आफुहरु गलत बाटोमा अलमलिएको भए पनि अब देखि मुल बाटोमा फर्किएको र सबैलाई फर्कन आह्वान समेत खनालले गरे ।

सोही अवसरमा बोल्दै सुनिता बरालले सबैलाई सम्मानजनक अबसर र जिम्मेवारी प्रदान गर्न पार्टी तथा अनेरास्ववियु तयार रहेकोले फर्कनु भएकाहरुलाई आजै देखि पार्टी काममा सकृयता पुर्बक लाग्न आग्रह गरिन् । कार्यक्रम नेकपा एमाले लुम्बिनी प्रदेशका नेताहरुका साथै सम्पर्क मंचका नेताहरुको समन्वयमा गरिएको अनेरास्ववियुका निर्वाचन आयोग अध्यक्ष प्रकाश भुजेलले बताए ।

कमेन्टहरु
Loading...