स्टार नेपाल मिडीया हबको अध्यक्षमा पवन प्रजापती

पोखरा / स्टार नेपाल मिडीया हब प्रालि एवम सिटी वान टेलिभिजनको सोमबार प्रथम अधिवेशन तथा दोस्रो साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यसमिती चयन गरेको छ । पोखरामा भएको प्रथम अधिवेशन तथा दोस्रो साधारण सभाबाट अध्यक्षमा पुन: पवनकुमार प्रजापतीलाई चयन गरेको छ । स्टार मिडीया हबको प्रथम उपाध्यक्षमा राजेन्द्र ओझा दितीय उपाध्यक्षमा चिनु गुरुङ ,सचिवमा सुरेश श्रेष्ठ ,कोषाध्यक्ष विनोद भुजेललाई चयन गरेको छ ।

नयाँ कार्य समिती सदस्यमा चन्द्र कुँवर, सुष्मा थापा पाण्डे, सुनिता गिरी, सन्तोषकुमार श्रेष्ठ, कमला सुनार र सुदिप प्रधानाङ्ग चयन गरेको छ । कार्यक्रममा बोल्दै निवार्चीत अध्यक्ष प्रजापतीले सेयरधनीहरुलाई निराषा हुन नदिने बताउदै सबै सेयर सदस्यहरुलाइ समेटेर लैजाने योजना रहेको बताए ।

संस्थालाइ अझ बढी मिहिनेत साथ काम गरेर नाफा मुलक संस्था बनाउनकालागि सबै सेयर सदस्यहरुले आ आफ्नो समय अनुकुल सहकार्य गर्न आग्रह समेत गरे । यस अघिको कार्यसमितीमा रहेर सहकार्य सहयोग गर्ने सबैलाइ धन्यवाद समेत व्यक्त गरे ।

कर्मचारी ,विज्ञापनदाता तथा सम्पुर्ण शुभेक्छुक महानुभाबहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा समेत निरन्तर रुपमा सहयोगको अपेक्षा रहेको बताए । संस्थाको प्रथम अधिवेशनकोे निर्वाचन मण्डलमा संयोजक नारायण कोइरला र सदस्यहरुमा रामजी न्यौपाने र विष्णु गौतम रहेका थिए ।

कमेन्टहरु
Loading...