पोखरा २१ र ३३ लाई ग्रीनहिल सिटिको रुपमा बिकास गर्ने योजना छ -एमाले उम्मेदवार कार्की

पोखरा / नेकपा ( एमाले ) को तर्फ बाट प्रदेश सभा सदस्य कास्की निर्वाचन क्षेत्र न २ (१)  का प्रत्यासी उम्मेदवार भिम बहादुर कार्किले गण्डकी प्रदेशका तीन जिल्ला कास्की ,स्याङ्जा र तनहुँको संगमस्थलको रूपमा रहेका महानगरका दुई वडा पोखरा २१ र ३३ लाई   महत्त्वपूर्ण केन्द्रको रूपमा बिकास गर्ने गरि कामका योजना अगाडि बढाउने बताएका छन् ।

बिगतका शुरूवात भएका महत्वपूर्ण काम पूरा गर्ने र सो दुई वडाको एकीकृत बिकास मार्फत स्याङ्जा ,कास्की र तनहुँको महत्त्वपूर्ण सुबिधा सम्पन्न ग्रीन  हिल सिटिको रूपमा बिकास गरिने भन्दै त्यसका लागि बहुमत सहितको प्रदेश र केन्द्र सरकार आबश्यक भएको उल्लेख गरे।
जनस्तरको सहभागीतामा बिकासका महत्त्वपूर्ण पूर्बाधार उन्मुख हुँदै गरेका सो वडाहरुका ग्रामीण क्षेत्रको समृद्धि पहिलो प्राथमिकता राख्ने उल्लेख गरे।

कार्किले सो कुरा आफ्नो निर्बाचन कक्षेत्र कास्किको दक्षिणी भागमा पर्ने  पोखरा २१ र ३३ का जनता सङ्ग साक्षात्कार गर्ने क्रममा बताएका हुन।
कृषि र पर्यटनको  प्रचुर बिकासको संभावना रहेको सो वडाहरूलाइ आत्मनिर्भर वडा बनाउने उनको प्रतिबद्धता थियो।
हिजोका आफ्नो पार्टिका  निर्बाचनका घोषणापत्र र यो निर्वाचनका घोषणापत्रमा न्युनतम पूर्बाधार सहित स्याटेलाइट  सिटि निर्माणको जग निर्धारणका लागि  एकीकृत बिकासको  मोडल मुताबिक सो अबधारणा अघि सारेको उल्लेख गरे ।

कमेन्टहरु
Loading...