गन्थन संवाददाता, पोखरा । नेकपा एकीकृत समाजवादी कास्की जिल्ला कमिटीका सचिव होम नेपाली नेकपा (एमाले)मा फर्किएका छन् । नेकपा (एमाले) उत्पीडित जातीय मुक्ति समाज निर्वाचन परिचालन उपसमिति कास्की क्षेत्र नं. २ ले शनिबार आयोजना गरेको उम्मेदवार भेटघाट तथा बृहत कार्यकर्ता भेला कार्यक्रममा होम नेपाली एकीकृत समाजवादीलाई त्यागी एमालेमा प्रवेश गरेका हुन् ।
एकीकृत समाजवादीमा विधी र पद्दती नभएका कारण नेकपा (एमाले) मै फर्किएको नेपालीले बताए । एकीकृत समाजवादीबाट आफूसँगै नेकपा एमालेमा फर्किनेहरु धेरै रहेकाले केही दिनमै एकै पटक उनीहरुलाई समेत एमालेमा फर्काइने उनको भनाई थियो ।