पोखरा / जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले स्वस्थ जिबनको लागि खेलकुद र ब्यायाम आबश्यक भेको बताएका छ्न। नागरिक स्वस्थ भए मात्रै समृद्धि संभब हुने र त्यसका लागि नियमित खेलकुद र शारीरिक ब्यायाम आबश्यक हुने हुदा आम नागरिकहरू त्यसमा सहभागी हुनु पर्ने बताए।
खेलकुदमा ब्यबसायिक हुँदा देश र जनताको प्रतिष्ठा वृद्धिमा महत्त्वपूर्ण भुमिका रहने बताए। पौडेलले सो कुरा पोखरा महानगर पालिका वडा न ५ स्थित सुर्य चन्द्र बिकास समाजको आयोजनामा संचालित तेस्रो वडास्तरिय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको समापनका अबसरमा बिजयी खेलाडीहरूलाइ प्रमाणपत्र बितरण गर्दै सो कुरा बताएका हुन । प्रमुख पौडेलले खेलकुद क्षेत्रको बिकासको लागि समय सापेक्ष नीति निर्माणमा जोड दिए।
२४ टिम को सहभागितामा ३ दिन सम्म संचालित सो प्रतियोगितामा समूह” क” तर्फ प्रबेश गुरुङ र जित बहादुर कुबरको समुह बिजेता र कृष्ण खत्री र दिपक लामिछानेको समूह – उप बिजेता बन्न सफल भए भने समूह” ख “तर्फ सुबास कोइराला र भुपेन्द्र के. सि. को समुह बिजेता तथा गोबिन्द बहादुर थापा र सुशोभन बरालको समुह उप- बिजेता बन्न सफल भए। बिजेता तथा उप बिजेता समूहले क्रमशः नगद रु १२ हजार र ८ हजार ट्रफी , प्रमाणपत्र प्राप्त गरे । पोखरा महानगर पालिका वडा न ५ को बिशेष सहयोग रहेको प्रतियोगितामा समूह” क “तर्फ जित बहादुर कुबर र समूह” ख” तर्फ सुबास कोइराला उत्कृष्ट खेलाडि घोषित भए ।
उनीहरुलाई ट्रफी र मेडल प्रदान गरिएको आयोजक सुर्य चन्द्र बिकास समाजका अध्यक्ष कृष्ण प्रसाद बरालले जानकारी दिए। सो अबसरमा खेलकुदको बिकासमा महत्वपूर्ण योगदान पुर्याय बापत ब्याडमिन्टन खेलाडी जगदिश प्रसाद अधिकारीलाई” स्रष्टा सम्मान “बाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा न ५ का अध्यक्ष बिष्णु प्रसाद बराल, प्रतियोगि खेलाडी केशव प्रसाद कोइराला ,सम्मानित ब्यक्ती जगदिश प्रसाद अधिकारी, सूर्य चन्द्र बिकास समाजका महासचिब सावित्री कोइराला लगायतले मन्तव्य व्यक्त गरेका थिए।