पोखरा / आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रदेश सभा सदस्य निर्बाचनमा गण्डकी प्रदेशका लागि ने पा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र न २ (१) का प्रत्यासी उम्मेदवार भिम बहादुर कार्किले जनता र पार्टिले गरेको अपार बिश्वास र माया माथी आफुले कहिल्यै घात नगर्ने बताएका छ्न।
कार्कीले आफ्नो क्षेत्रका जनताले निरन्तर बिश्वास गरेर आफ्नो पार्टीलाई बिजयी गराएको र निर्बाचित जनप्रतिनिधिहरूले उदाहरणिय कार्य गरेको बताए। बिगतमा आफ्नो पार्टिका कार्यहरूको विवरण प्रस्तुत गर्दै कार्किले अबको ५ बर्ष जनताको शिर अझै उचो हुने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्किले सो कुरा ने क पा एमाले पोखरा महानगर पालिका वडा न ३३ को निर्बाचन परिचालन कमिटिको कार्यालयको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन।
ने क पा एमालेका केन्द्रिय सदस्य तथा भुमी ब्यबस्थापन बिभाग उप प्रमुख समेत रहेका कार्किले एमाले नेतृत्वको सरकारका पालामा आफू सदस्य रहदा आम भुमिहिन तथा अव्यवस्थित बसोबास गर्ने जनताको पक्षमा काम गर्दा गर्दै बर्तमान सरकारले हटाएको स्मरण गर्दै अब बन्ने एमालेको सरकारले उनिहरूलाइ जग्गाको मालिक बनाउने गरि काम गर्ने हुँदा सो को लागि बहुमत सहितको सरकार निर्माण गर्न सबैलाइ अओइल गरे।
एमाले सधै राष्ट्रहित र समृद्धिका लागि अहोरात्र खटेको भन्दै उनले अबको ५ बर्ष खेर नजाने गरि आफू जनताको काम्मा खट्ने बताए। कार्यक्रममा सो पार्टी जिल्ला कमिटिका कार्यबाहक अध्यक्ष तेजनारायण अधिकारिले बिगतको इतिहासलाई झन उचाइ दिने गरि निर्बाचनको मैदानमा उत्रिन आग्रह गर्दै कास्कीमा एक मात्रै बिकासको नायक एमाले भएको जिकिर गरे।
अधिकारिले सो क्षेत्रका आफ्नो पार्टीको सरकारले संचालन गरिरहेका अधिकाम्स योजनाको बजेट कटौती र रकमान्तरण गर्ने काम बर्तमान सरकारले गरेको तर्फ जानकार हुन जनतालाइ आग्रह गरे।
कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य केशव आचार्य , जिल्ला कमिटी सचिबालय सदस्य शिव प्रसाद आचार्य , एमाले पोखरा ३३ का अध्यक्ष दिपकराज लामिछाने, उप सचिब शंकर बहादुर अधिकारी, अनेम संघ क्षेत्र २(१) का संयोजक पार्बती कार्की लगाएतले बोलेका थिए ।