भोली मंगलबार सार्वजनिक विदा

पोखरा । नेपाल सरकार गृह मन्त्रालयले भोली कात्तिक १ गते मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरु, विदेशस्थित कुटनीतिक नियोगलगाएतलाई सार्वजनिक विदा दिने र राष्ट्रिय झण्डा झुकाउने सरकारले निर्णय आज गरेको छ ।

कमेन्टहरु
Loading...