पोखरा । नेपाली काँग्रेसका युवा नेता एवं पोखरा–२७ का कार्यबाहक सभापति विश्वराज पौडेलले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका छन् ।
उनले कास्की क्षेत्र नं. १ (क) बाट गण्डकी प्रदेशसभा सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका हुन् ।
यसै क्षेत्रबाट माओवादी केन्द्रका नेता दीपक कोइरालाको उम्मेद्वारी दिएका छन् । कोइराला गठवन्धनको तर्फबाट साझा उम्मेद्वार हुन् ।
कास्की क्षेत्र नं. १ मा कास्की कांग्रेसका सभापति किशोरदत्त बरालको उम्मेद्वारी रहेको छ भने १ (ख) मा कांग्रेस नेता दीपक गुरुङ (माइला) को उम्मेद्वारी परेको छ ।
कांग्रेसका कार्यकर्ताको न्यायका लागि र समृद्ध प्रदेशका लागि आफूले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएको स्वतन्त्र उम्मेद्वार पौडेलले प्रतिक्रिया दिएका छन् ।