पोखरा । कास्कीको निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि एकीकृत समाजवादीका घननाथ सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् ।
निर्वाचनमा उही पुराना अनुहारबाट सम्भव नरहेको भन्दै मादी गाउँपालिकाका पार्टी अध्यक्ष समेत रहेका युवा नेता सापकोटाले आइतबार उम्मेदवारी दर्ता गराएका हुन् ।
सापकोटाको प्रस्तावकमा नेकपा एकीकृत समाजवादी पोखरा महानगर कमिटी सचिवालय सदस्य एवं महानगर युवा संघका अध्यक्ष सुमन ढुंगाना र समर्थकमा जिल्ला उपसचिव डीबी राई रहेका छन् ।
देश विकास र जनताको समस्या समाधानका लागि युवा नेतृत्व अहिलेको आवश्यकता रहेको सापकोटाले बताए ।
सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको भागमा परेको यस क्षेत्रमा कांग्रेसका जिल्ला सभापति किशोरदत्त बरालले प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका छन् ।