कास्की माओवादीमा उम्मेदवारको बिषयलाइ लिएर सामुहिक राजीनामा

 

पोखरा । कास्की क्षेत्र नम्बर ३ (२)मा टुरिष्ट उम्मेदवार बनाएको भन्दै नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी सदस्य सहित ३५ जना सामुहिक राजीनामा दिएका छन् ।

पार्टीले प्रदेश १(२)का लागि १ (१ )बाट उम्मेदवार ल्याईएको भन्दै प्रदेश कमिटी सदस्य नवराज भण्डारी, राजु शर्मा तिमिल्सिना ,भोजराज पौडेल,माछापुच्छ्रे गाउँपालिका कमिटी उपाध्यक्ष गोपाल पोखरेल , पोखरा महानगर उपाध्यक्ष भानुभक्त अधिकारी सहित ३५ जना नेता कार्यकर्ताले सामुहिक राजीनामा घोषणा गरेका हुन् ।

गठबन्धनको तर्फबाट माओवादीले कास्की ३(२)दुर्गादत्त भण्डारीलाई उम्मेदवार बनाएको छ । भण्डारीको उम्मेदवारी प्रती असन्तुष्टि जनाउँदै उनिहरुले सामुहिक राजनीमा दिएका हुन् ।

 

कमेन्टहरु
Loading...