पोखरा । मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले)ले उम्मेदवारको टुङ्गो लगाएको छ । जसमा प्रदेश सभाका लागि कास्की १ क मा खगराज अधिकारी, १ ख मा श्यामबहादुर गुरुङ, कास्की २ क मा भिम कार्की, २ ख मा मिना गुरुङ, कास्की ३ क मा गणेशमान गुरुङ र ३ ख मा राजिब पहारी उम्मेदवार रहनेछन् ।
त्यस्तै प्रतिनिधि सभाका लागि कास्की १ मा मनबहादुर गुरुङ, २ मा विद्या भट्टराई र ३ मा दामोदर बैरागीले उम्मेदवार दिने भएका छन् ।