पोखरा ५ मा स्थानीयले नै मापदण्ड विपरितको आफ्नो संरचना भत्काए

गन्थन संवाददाता, पोखरा । पोखरा महानगरपालिका वडा नंं. ५ का एक स्थानीयले आफुले बनाएको मापदण्ड विपरितको संरचना आफैले भत्काएका छन् । पोखरा ५ जिरो किमीका राजाराम शाहीले मापदण्ड विपरित रहेकाे कार पार्कीङकाे टहरा र सपिङ सेन्टरको टिनको पालीलाई भत्काएका हुन् ।

काठमाडौंका मेयर बालेन शाहको योजनालाई सहयोग गर्न मापदण्ड विपरितको संरचना भत्काएको उनको भनाई छ । ‘अव आफैबाट शुरु गर्नुपर्ने अवस्था आएको छ । आज मैले भत्काए, भोली अर्कोले साथ देला, यसरी नै सबैले गरे सम्भव हुन सक्छ । म बालेन शाहप्रति निकै प्रेरित छु । –उनले भने ।

यद्यपी एक दिन अघि मंगलबार मात्र सोही ठाउँको वडाले ७ दिन भित्र मापदण्ड विपरितको संरचना हटाउन निर्देशन दिएको थियो । तर वडाको सूचनाको बारेमा आफुलाई थाहा नभएको शाही बताउँछन् ।

कमेन्टहरु
Loading...