गन्थन संवाददाता, पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ ले स्वीकृति नलिइकन निर्माण भएका स्थायी, अस्थायी टहरा तथा मापदण्ड विपरित निर्माण गरिएका संरचना हटाउन निर्देशन दिएको छ । वडाले एक मंगलबार एक सूचना जारी गर्दै वडा भित्रका मापदण्ड विपरितका संरचना हटाउन निर्देशन दिएको हो ।
सूचना जारी भएको सात दिनभित्र पनि मापदण्ड विपरतका संरचना नहटाए वडा ले नै हटाउन बाध्य हुने र कानुन बमोजिम हटाउँदाको खर्च समेत सम्वन्धित सरोकारवाला व्यक्तिबाट नै असुल उपर गरिने वडा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए ।
वडामा पहिलो चरण अन्तरगत जिरो किमीदेखि उत्तरतर्फ बागलुङ राजमार्गको दायाँबायाँका मापदण्ड विपरितका संरचनाबाट सुरु गरिने वडाध्यक्ष बरालले जानकारी दिए ।
