पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापती विजयी

पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापती विजयी भएका छन् । संघको शनिवार भएको निर्वाचनमा प्रजापतिले १ हजार ६ सय १३ मतसहित अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अर्जुन पोखरेलले भने ८ सय ९७ मत प्राप्त गरे ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, बाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, महासचिवमा बलराम आचार्य, उपमहासचिवमा शोभा गौतम र कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला विजयी भएका छन् ।

निर्वाचनमा पवन प्रजापति र अर्जुन पोखरेल दुवैले प्यानल नै बनाएर भिडेका थिए ।

अधिकांश पदाधिकारी र सदस्यमा पवन प्यानलले जितेको छ ।

कमेन्टहरु
Loading...