नेपाली कांग्रेस कास्कीको आयोजनामा कास्कीका गठबन्धन दलका नेता कार्यकर्ता बिचमा भावनात्मक एकताका साथ गठबन्धनलाई सफल बनाउने उद्देश्यले चियापान, भेटघाट एवं परिचयात्मक सम्पन्न भएको छ । भावानात्मक हिसाब र गठबन्धनलाइ कसिलो बनाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको नेपाली काग्रेस कास्कीका सचिब भानु ढकालले जानाकारी दिए । ढकालका अनुसार गठबन्धनलाई अझ बलियो बनाउदै चुनाव लक्षित कार्यक्रमको लागि कास्कीका ७२वटै वडामा चियापान कार्यक्रम गर्ने बताए । चियापान कार्यक्रममा गठबन्धनका नेता कार्यक्रर्ताहरुको उल्लेख्य सहभागिता रहको थियो ।
