ने क पा एमाले गण्डकी प्रदेश कमिटीले मंसिर ४ मा सम्पन्न हुन गइरहेको प्रदेश सभा निर्बाचनको घोषणा पत्र तयारीका लागि सुझाब संकलन शुरु गरेको छ ।
समृद्ध गण्डकी प्रदेश निर्माणको लागि आफ्नो पार्टीको तर्फबाट समेटिनुपर्ने बिषयका लागि सम्पुर्ण नेता ,कार्यकर्ता र आम गण्डकी प्रदेश बासी जन समुदायसङ्ग सुझाव संकलन गरि घोषणापत्र तयार गरिने उक्त पार्टीको गण्डकी प्रदेश कमिटिले जनाएको छ ।
नेकपा एमालेको तर्फबाट गण्डकी प्रदेश सभा निर्वाचनको लागि घोषणा पत्र तयार गर्ने कार्य अगाडि बढेको हुँदा यहाँहरुका महत्वपूर्ण सुझावको अपेक्षा राख्दछौँ, घोषणा पत्र मस्यौदा समितिको तर्फबाट प्रदेश कमिटीका उप सचिब एबम प्रचार तथा प्रकाशन बिभाग प्रमुख रश्मि आचार्यले जारी गरेको अपिलमा उल्लेख छ ।सुझाव पठाउनका इमेल ठेगाना [email protected],,[email protected],[email protected] प्रयोग गर्न तथा गण्डकी प्रदेश कार्यालय, नयाँबजार, पोखरा कार्यालयमा सुझाव पेश गर्न सकिने आचार्यले उल्लेख गरेका छन।