प्रतिनिधि सभाका लागि कास्की क्षेत्र नं. १, २ र ३ एमालेबाट को को भए सिफारिस ?

गन्थन संवाददाता, पोखरा । आउँदो मंसिर ४ गते घोषणा भएको प्रतिनिधि सभा चुनावका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की क्षेत्र नं. १, २ र ३ बाट सिफारिस हुनेको नाम सार्वजनिक गरेको छ ।
एमालेको क्षेत्रिय जिल्ला समन्वय कमिटीले सिफारिस गरेको नाम जिल्लामा पठाएको हो ।

सिफारिस हुनेमा कास्की क्षेत्र नं. १ बाट खगराज अधिकारी, कालिदास सुवेदी, बैन बहादुर क्षेत्री, हिमालय बख्रेल, दिलिप न्यौपाने, बान्तासिंह काउसा मगर, पदम प्रसाद पौडेल, पुष्पज्योती ढुङ्गाना, झलक प्रसाद सुवेदी, पुष्पराज अधिकारी, शंकरनाथ पौडेल, मिलन सुवेदी, मनबहादुर गुरुङ, लक्ष्मी सिंह र रामराज अधिकारी रहेका छन् ।

त्यस्तै कास्की क्षेत्र नं. २ बाट विद्या भट्टराई अधिकारी, प्रभा कोइराला, केशव आचार्य र भुपेन्द्र गिरी रहेका छन् भने क्षेत्र नं. ३ बाट जगत विश्वकर्मा, देवी प्रसाद सुवेदी, गणेशमान गुरुङ, पुण्यप्रसाद पौडेल, जगन्नाथ बाँस्तोला, सुरेन्द्रमानसिंह भण्डारी, शिवकुमार पौडेल, विवेक त्रिपाठी र भरत पराजुली रहेका छन् ।

कमेन्टहरु
Loading...