कास्की क्षेत्र नं. १ एमालेबाट १५ जनाको नाम सिफारिस

गन्थन संवाददाता, पोखरा । आउँदो मंसिर ४ गते घोषणा भएको प्रतिनिधि सभा चुनावका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की क्षेत्र नं. १ बाट १५ जनाको नाम सिफारिस गरेको छ । एमालेको क्षेत्रिय जिल्ला समन्वय कमिटीले १५ जनाको नाम जिल्ला कमिटीमा पठाएको हो ।

नाम सिफारिस हुनेमा खगराज अधिकारी, कालिदास सुवेदी, बैन बहादुर क्षेत्री, हिमालय बख्रेल, दिलिप न्यौपाने, बान्तासिंह काउसा मगर, पदम प्रसाद पौडेल, पुष्पज्योती ढुङ्गाना, झलक प्रसाद सुवेदी, पुष्पराज अधिकारी, शंकरनाथ पौडेल, मिलन सुवेदी, मनबहादुर गुरुङ, लक्ष्मी सिंह र रामराज अधिकारी रहेका छन् ।

कमेन्टहरु
Loading...