जापान । जापानको फुकुओकामा हुने नेपाली फेस्टीभलको लागि भन्दै अगस्ट ६ मा जापान आएका प्रचण्डको जापान भ्रमणको समयतालिका सार्वजनिक गरिएको छैन । नेपाली नेताहरूप्रति जनताको आक्रोश बढेको र जापान आएर बस्नेहरुले अनावश्यक प्रश्न र आक्रोश ब्यक्त हुने भन्दै आयोजकले समय तालिका सार्वजनिक गरेको छैन ।
माओवादी जापानका एक नेताले भने ‘कार्यक्रममा केहि दुर्घटना भयो भने त बेइज्जत पो हुन्छ । त्यसैले पार्टीका जिम्मेवार नेता कार्यकर्तालाई मात्र भेट्ने व्यवस्था मिलाइएको छ । त्यसैले पार्टीको आन्तरिक कार्यक्रमलाई बढि जोड दिइएको हो ।’
एउटा पार्टीको अध्यक्ष र पुर्व प्रधानमन्त्री भ्रमण गुपचुप हुनुले माओवादी कति कमजोर बनेको भनेर अनुमान गर्न सकिने एमाले जापान सम्पर्क समितिका नेताले आरोप लगाए ।