(फाइल तस्विर)
पाेखरा । समाजको सामाजिक क्षेत्रमा विभिन्न कार्य गर्दै आएको इन्द्रेणी एकीकृत बिकास केन्द्र पोखरा १ ले नेपालिहरुको महान पर्व हरितालिका तिजको अबसरमा दोश्रो तिज मेला आयोजना गर्ने भएको छ । पुरानो टुडिखेल मैदानमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम गर्दै भदौ १० गते देखि १६ गतेसम्म तिज मेला आयोजना गर्ने भएको हो ।
मेलामा विभिन्न बिधामा प्रतियोगितात्मक कार्यक्रमहरु सगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ आयोजकले जनाएको छ । तिजगित प्रतियोगिता गर्दै आएको संस्थाले २०७६ सालमा पहिलो पटक तिजमेलाको रुपमा शुरुवात गरेको र दुई बर्ष कोरोनाको कारण स्थगित मेलालाई यस वर्ष निरन्तरता दिएको महासचिव वसन्त बास्तोलाले बताए ।
मेला अबधी ७ दिनको रहने र आधुनिक भन्दा मौलिकता लाई प्रथामिकता राखेर मेला सन्चालन गरिने मेलामा मौलिक कला र सस्कृती जगेर्ना गर्ने र बचेको रकमलाई इन्द्रेणी एकीकृत बिकास केन्द्रद्वारा निर्माणधिन रहेको कृयापुत्री भबनलाई सुम्पने उदेश्यका साथ मेला गर्न लागिएको केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले बताए ।