हो म पनि बिदेश

सौगात पोखरेल / बिदेश धेरै मान्छेहरु बाध्यतामा बिदेशिरहेका रहेका हुन्छन् । तर मेरो बाध्यता होईन रहरले बिदेश आएको हो । मलाई बाध्यतामा केहि काम गर्न राम्रो लाग्दैन बरु बाध्यता लागेको दिन म छाडिदिन्छु । मलाई जिन्दगी फगत बाँच्नु मात्र हो जस्तो कहिल्यै पनि लागेन र बाँच्न कै लागि बाँच्नुपर्छ भन्ने लागेको दिन मेरो अन्तिम दिन हुनेछ । हामी अनावश्यक कुरामा तनाव लिएर बसिरहेका हुन्छौँ । तनावले मान्छेलाई मेसिन बनाउँछ जो मान्छेका लागि सबै भन्दा हानिकारक हो ।

मेरो जापान आउने निर्णयले मेरो श्रीमतीलाई लाग्यो भन्दै थि बुद्धि फिरेछ । मलाई बुढिको प्रतिक्रिया सुनेर हाँसो लाग्याे । मलाई लाग्थ्यो मलाई सबैभन्दा बढि बुझ्ने यो दुनियाँमा श्रीमती बाहेक कोहि छैन तर सत्य पनि त्यहि हो । सिओइ आयो यता आउने प्रक्रिया सुरु भो , म भाषा पढ्न मुश्किलले तीन दिन जति गए । चुनावको समय थियो । पत्रकारिता गर्ने मान्छेलाई भाषा पढ्ने फुर्सद कहाँ हुन्थ्यो । भाषा सिकिएन तर भिसा आयो त्यो बेलासम्म मसँग ऋण बाहेक केहि थिएन । मेरो नजिकका साथी र आफन्तहरुसँग हारगुहार गरे, श्रीमतीको गरगहना बैंकमा राखे अनि बल्लतल्ल यता भाषा सिकाउने कलेजको फि हालियो ।

“म काठमाडौँबाट हिड्दासम्म साहुजीहरुको फोन आईरहन्थ्यो । म उनीहरुसँग कुरा गरेर बिश्वास दिलाईरहन्थे । उसो त नेपाल हुँदा पनि काम नगरी बस्ने मान्छे होईन तर त्यो कामको कमाईले मेरो खर्चपनि चल्दैन ।”

प्लेन टिकट पाईयो तर अरुले भन्दा करिव एक लाख बढि हालेर टिकट काटियो । काठमाडौँ बिदेश उड्नका लागि आईपुगे कपडा बाहेकका अरु सामानहरु किन्ने पैसा थिएन । बुढिले जोरजाम गरेर आकि रहिछ त्यसैले काम चलाईयो ।

म काठमाडौँबाट हिड्दासम्म साहुजीहरुको फोन आईरहन्थ्यो । म उनीहरुसँग कुरा गरेर बिश्वास दिलाईरहन्थे । उसो त नेपाल हुँदा पनि काम नगरी बस्ने मान्छे होईन तर त्यो कामको कमाईले मेरो खर्चपनि चल्दैन । एयरपोर्टमा बिदाई समय फोटो खिच्ने बेला बुवाको र श्रीमतीको आँखाबाट आँशु झर्यो तर म रुन सकिन मन अमिलो भने भयो । जेनतेन जानपान आईपुगियो । कलेज र कन्सल्टेन्सिको लापरबाहिको कारण म क्वारेन्टीन बस्न पर्यो । लिएर आएको पैसा त क्वारेन्टीनमा बुझाउनु पर्यो । बचेखुचेको पैसाले साईकल किने प्लेन छुटेको थियो टिकट काट्दा धेरथोर पैसा सकियो । क्वारेन्टीनबाट लगभग ८ दिनपछि होस्टल पुगेँ । नेपाली साथीहरु थिए रमाईलो नै थियो । नेपालकै त्यो पनि पोखराकै बहिनी कलेजको कर्मचारी भएका कारण मलाई धेरै सजिलो भयो । मलाई लिन जाने मेरो केयर गर्ने सबै उनैले गर्थिन । मेरो लागि जापानमा सबै उनै थिईन ।

“आको दिनबाट नै जागिर पाईन्छ भन्ने भ्रम पालेर न आउ यहाँ तिमिलाई कसैले जागिर खोजेर ठिक पारेको हुँदैन । खराव भन्दा खराब समयको पनि सामना गर्न सक्छु भनेर आउँ सफल हुन्छौँ ।”

म जापान आएपछि धेरैको प्रश्न थियो । तपाईँ पनि बिदेश ? हो म पनि बिदेश । के म आउँनै हुन्न थियो ? के मैले राजनीतिलाई पेशा बनाएर कमिशनको चक्करमा बस्नुपर्ने थियो कि महिनादिन भरि काम गरेर १५ दिनको पनि जिविका चलाउन पर्ने थियो ? साह्रै आदर्शबादीहरुलाई मैले व्लक हान्दीए । म जापान आउनु पुर्व नै यहाँ आईपर्ने समस्याको बारेमा जानकार थिए । म पो थिएँ त मेरो परिवार थिएन । नेपालबाट आउने धेरै म्यासेज काममा लागियो भन्ने थियो । कामका कुरा गर्नेहरुलाई मैले बेवास्ता गरिदिए । मेरा पुराना साथीहरु गोविन्द गिरी, रामचन्द्र राई र डिल्लीराम भट्टराई मेरा काउन्सिलर थिए । मेरो भाईहरु उद्धब भट्टराई, बिभन भट्टराई र दिपेन्द भुषाल र मेरो नेपाल हुँदा देखिका अभिभावक भिम गुरुङले निरन्तर सहयोग गरिरहे ।

यता आएको महिना दिन बित्यो कामको चालामाला

यता आएको महिना दिन बित्यो कामको चालामाला यता खर्चपर्च सकियो । उता घरबाट श्रीमतिलाई काम लागि सक्यो भनेको छ । गाह्रो परिगयो तर मैले यसलाई सहजतापुर्वक हल गरे । अहिले काम ठिकठाक चलिरहेको छ । उसो त सोचेका मान्छेले बेवास्ता गर्दा गर्छन तर नसोचेको मान्छेले सहयोग गर्छन यो नै खसियत हो बिदेशको । तपाईंहरुलाई लाग्न सक्छ यसले आफ्नो मात्र कुरा गर्यो तर बिदेशको सत्य यहि हो । मलाई तपाईँकोबारे सोच्ने फुर्सद छैन ।
कुरा गर्दा गर्दै लामो पो भईगएछ । मैले म पनि बिदेश भन्ने कुरा गर्दै थिएँ । हो म कुनै बेला सक्रिय राजनीति गरेको मान्छे वा भनौँ न प्रतिनिधी सभाको चुनाब नै उठेको मान्छे पराजय व्यहोरेपछि मैले भोलीपल्टबाट नै कामको जिम्मा सम्हाले त्यस्को जिम्मा पुरा गरे तर पनि मलाई महिनादिनको कमाईले १५ दिन खान पुग्थेन । त्यहि झेलेर बस्नु ? कि राजनीतीलाई पेशा बनाई चन्दाको धन्दा चलाएर गुजारा गरुँ ? काम गरेर पनि ऋणले हैरान बनाएको मलाई प्रदेश उत्कृष्ट बिकल्प थियो । त्यसैले आए मेराे लाइफ मेरो च्वाईस तिमिहरुलाई बाल मतलब ?

बिदेश देख्न त बबाल छ नि काम पनि बबाल नै गर्नपर्छ । आको दुईदिनमा नै एकजना भाईले सुसाइड हानेछ । मलाई त्यो भाईको माया लागेन बरु अब आउनेहरुलाई यत्ति भन्नु छ बिदेशमा पैसाको बुट छैन । आको दिनबाट नै जागिर पाईन्छ भन्ने भ्रम पालेर न आउ यहाँ तिमिलाई कसैले जागिर खोजेर ठिक पारेको हुँदैन । खराव भन्दा खराब समयको पनि सामना गर्न सक्छु भनेर आउँ सफल हुन्छौँ । तिमि यता आएसि नेपालबाट के भन्छन् ड्याम केयर गर । पोजेटिभ चिजलाई ग्रहण गर नेगेटिभ चिजलाई छाड । बिदेश आएपछि अरुको देखासिकि नगर मात्र काम गर, अहिले गाह्रो हुन्छ पछि सजिलो ।

अन्तिममा सबैलाई सम्झने फुर्सद छैन मसँग यतैबाट सम्झेको छु । हाम्रो भेटघाट यता भईरहन्छ यता नै भलाकुसारी मारौँला ।

देश छाड्नु अपराधी हुनु होईन यति भने नमस्कार !

कमेन्टहरु
Loading...