लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले मुख्यमन्त्री कुल प्रसाद केसीलाई राजीनामा बुझाएकी हुन् । दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि उनी विवादमा तानिएकी थिइन् ।वलीले सोमबार नै राजीनामा बुझाएको बताइएको छ ।