शिशुवामा सुरु भयो युआरएल

 

 

युआरएलले पोखरा ३० को शिशुवाबाट सेवा आरम्भ गरेको छ । यसअघि युआरएलले पोखरामा सभागृहचोकको केन्द्रीय कार्यालय, बाटुलेचौर हस्पिटलचोकको शाखाबाट सेवा दिइरहेको छ ।
पोखरा ३० को शिशुवा अस्पतालमा नभएका जाँच र वरिपारीका सेवाग्राहीलाई मध्यनजर गरी सेवा आरम्भ गरिएको युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए । सेवा सुरुआतको अवसरमा शनिबार युआरएल शिशुवा परिसरमा निशुल्क शिविर आयोजना गरिएको छ ।
अध्यक्ष पन्तले प्रदेशकै पहिलो र लोकप्रिय ल्याब भएकाले आफूहरु प्रदेशलाई रगत जाँचमा आत्मनिर्भर बनाउने गरी लागेको उल्लेख गरे । शिविरमा मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी रक्त जाँच सित्तैमा गरिएको छ ।
कार्यक्रममा काठमाडौं टिचिङ अस्पतालका मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा नरेश पराजुलीले टिजी र मधुमेहका कारण, निदान र अपनाउनुपर्ने सावधानीबारे प्रकाश पारे । उनले मधुमेह, टिजी जस्ता नसर्ने रोगका लक्षण सुरुमा नदेखिने, कहिलेकाही अन्तिम अवस्थाबारे पुगेपछिमात्र देखिने भएकाले बेला बेलामा स्वास्थ्य जाँच गरी रोग लाग्नै नदिन आग्रह गरे ।
शिविरमा ३ सय ८ जनाको सित्तैमा रगत जाँच गरिएको छ । अरु सबै प्रकारका जाँच र होलबडीका प्याकेजमा समेत विशेष छुट दिइएको छ । युआरएले पोखराबाहिर लमजुङको बेसीसहर, स्याङ्जाका पुतलीबजार र वालिङ, तनहुँका दमौली र दुलेगौंडाबाट सेवा प्रदान गरिरहेको छ ।
गण्डकी प्रदेशका मुख्य सहरमा शाखा खोलेर प्रदेशका बासिन्दालाई गुणस्तरीय सेवा पु¥याउन युआरएल लागिपरेको युआरएलका अर्थ निर्देशक गणेश कोइरालाले बताए । उनले आर्थिक रुपमा सम्पन्न र विपन्न दुवैलाई गुणस्तरीय सेवा दिन सामाजिक उत्तरदायित्व वहन गर्दै अघि बढेको उल्लेख गरे । चाडै पोखराको विरौटा र चाउथेबाट समेत सेवा दिइने उनले बताए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, युआरएलका सेयर सदस्य डा वसन्त पंगेनी, पोखरा ३० का वडा सदस्य उमा परिवार लगायतले बोलेका थिए ।
युआरएलले अहिलेसम्म करिब १ लाख सेवाग्राहीको सित्तैमा रगत जाँच गरेको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी १ सय १४ वटा निशुल्क स्वास्थ्य शिविर गरिसकेको छ ।

कमेन्टहरु
Loading...