पोखरा । नेविसंघ पृथ्वीनारायण क्याम्पस व्यवस्थापन संकायले सेयर बजारको आधारभुत तालिम सञ्चालन गरेको छ।
बित्तीय साक्षरताको बिकाससंगै सेयर लगानिकर्ताको आधारभुत ज्ञान अभिवृद्धि गर्न कुशल विवेकशिल लगानीकर्ता बन्न उत्प्रेरणा गर्न उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
पृथ्वीनारायण क्याम्पस स्थित ह्वाईटहाउस बिल्डिङ्गमा सञ्चालित उक्त कार्यक्रममा करिब एकसय विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सेयर बजारका प्रशिक्षक एवंम सक्रीय सेयर लगानीकर्ता युवा उद्यमी सि.ए सन्जय कार्कीको प्रमुुुख अतिथ्यता एवंम प्रशिक्षण गरिएको सो कार्यक्रमको सभापतित्व नेविसंघ पृथ्वीनारायण क्याम्पस व्यवस्थापन संकाय सभापति बिवेक पराजुलिले गरेका थिए ।
कार्यक्रममा प्रशिक्षक एवंम लगानिकर्ता कार्किले आधारभुत ज्ञान बिना नै सेयर मार्कटको लगानी अन्ततः डुब्ने बताउदै नव प्रवेशी तथा ईच्छुक लगानिकर्तालाई एउटा परिक्षण अवधी तय गर्न सुझाव दिदै त्यस अगाडि म्युचल फण्ड, आईपियो, सिस्टम्याटिक इन्भेस्टमेन्ट पलान (sip) जस्ता माध्यमको लगानी सुरक्षित हुने र बचतको बानी बिकास गर्नमा जोड दिए ।
नेविसंघ पृथ्वीनारायण क्याम्पसका सभापति एवंम कार्यक्रमका विशेष अतिथी गौरब बरालले एउटा संम्यम, धैर्य र बिवेकशिल लगानिकर्ताले, बित्तिय साक्षरताले सेयर मार्केटमा मात्र होइन आफ्नो व्यवसाय वा समग्र जीवन नै सफल बनाउने जोड दिदै थप यस्तै सृजनशिल र रचनात्मक कार्यक्रम गर्न आग्रह गरेका थिए ।
नेविसंघ पृथ्वीनारायण क्याम्पसका सचिव शिवहरी पौडेल जुपिटरले सञ्चालन गरेको उक्त कार्यक्रम नेविसंघ पि.एन.क्याम्पस व्यवस्थापन संकाय उपसभापति अजित क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमको बिषेश अतिथी नेविसंघ पृथ्वीनारायण क्याम्पसका सभापति गौरब बराल, नेविसंघ बिबिए सभापति सञ्जिता आचार्य, नेविसंघ पिएन क्याम्पस उपसभापति द्वय न्युटन अधिकारी , मोहमद अमर अलि जनप्रीय बहुमुखी क्याम्पस सचिव आदित्य देवकोटा, नेविसंघ पृथ्वी नारायण क्याम्पस कानुन समिति का निवर्तमान सभापति राजेन्द्र पराजुली, पर्वत पृथ्वीनारायण क्याम्पस नेविसंघ अध्यक्ष विधान अधिकारी तथा नेविसंघका नेता सन्तोष अधिकारी , बिवेक तिमिल्सिना, शिव बुढाघरे,स्वस्तिका चापागाईं , संस्कार कोइराला, प्रयास कोइराला रिसिकेश चालिसे, विवेक भट्टराई , अमन पौडेल, विशाल रेग्मी अतिथी रहेका थिए ।
“आज हाम्रो शैक्षिक संस्था र संगठनहरु अत्यन्तै परम्परावादी, जडसुत्रवादी र शैद्दान्तिक भयो भन्य आरोप खेपिरहेको समयमा सेयर मार्कट सम्बन्धी आधारभुत कार्यक्रमले व्यवाहारीक प्रयोगवादी र जिवनउपयोगी बनाउने अभियान अन्तर्गत यो कार्यक्रम आयोजना गरेको हौ । पुँजी बजार पौसा कमाउने मेसिन होइन अन्य व्यवसाय जस्तै लगानी गर्न मेकानिजम भएको सन्देश सहभागी साथिहरुले बुझ्नुभएको छ।” कार्यक्रमका सभापति विवेक पराजुली बताए।
कार्यक्रममा पुजिबजारका आधारभुत पक्ष त्यसलाई पार्न प्रभाव संगै टिएमएस, आईपियो, म्युचलफण्ड कसरी बनाउने फन्डामेन्टल र टेक्निकल एनालाईसिस कहाँ बाट गर्ने, कम्पनी कसरी छनोट गर्न र कस्ता कम्पनीमा लगानी गर्ने, कसरी सुरक्षित बन्ने, जस्ता आधारभुत र बहुउपयोगी ज्ञान प्रदान गरिएको थियो।
सहभागी विद्यार्थीहरुले कार्यक्रम एकदमै प्रोडक्टिभ र इफेक्टिभ भएको बताए ।
व्यक्तिगत जिवनमा आम्दानी र खर्चलाई व्यवस्थापन गरि गरिएको बचतलाई लगानी गर्न सुरक्षित उपयुक्त उपाय सम्बन्धी ज्ञानको बिकास भएको उनीहरुको भनाई छ ।
ए.बि.एस जनप्रीय क्याम्पसका नि. सभापति एवंम ग्रीन डेभलपमेन्ट बैङ्क बगर शाखा प्रमुख सन्जय पौडेलको बिशेष समन्वयनमा प्रशिक्षण आयोजना गरिएको थियो ।