पोखरा महानगरमा एमालेपछि काँग्रेसको बखेडा

पोखरा/पोखरा महानगरपालिकामा यतिवेला मतगणना कार्यक्रम अन्तिममा पुगेर रोकिएको छ । मतगणना स्थलबाट खाना खान गएका एमाले प्रतिनिधि गणनास्थलमा नआएपछि मतगणना कार्यक्रम स्थगित भएको हो । पोखरा महानगरपालिका निर्वाचन कार्यलयले बारम्बार एमाले प्रतिनिधिहरुलाई मतगणनाका लागि बोलाईरहेको छ । त्यहि बिचमा एमालेले पोखरा १८ र ३१ को पुन मतगणनाको माग गर्दै निर्वाचन कार्यलयमा निवेदन दिएको छ ।
एमालेले पुनमतगणना माग गरेसँगै नेपाली काँग्रेसले पनि वडा नं. १ र १७ को पुनमतगणना हुनुपर्ने मागसहितको निवेदन कार्यलयमा पेश गरेको छ । अन्तिम परिणाम सार्वजानिक आज हुने भएकाले गठबन्धनले बिजय जुलुस कार्यक्रम पनि मतगणना कार्यक्रम स्थगित भएसँगै अर्को सुचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।
पोखरा महानगरमा मेयरमा गठबन्धनका धनराज आचार्य र उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ बिजय नजिक छन् ।

कमेन्टहरु
Loading...