पोखरा/पोखरा महानगरपालिकामा यतिबेला मतगणनाले तिव्रताले पाएको छ । करिव १ लाख बढि मत गन्दा मेयरमा गठबन्धनका उम्मेदबार धनराज आचार्यले ३ हजार बढि मतले अगाडि रहेपनि उपप्रमुखमा भने एमालेको तर्फबाट मञ्जुदेवी गुरुङ भने गठबन्धनकी उम्मेदवार कोपिला रानाभाट भन्दा २ हजार बढि मतले अगाडि छिन् ।
गठबन्धनमा गडवड हुँदा माओबादी र जनता समाजबादीको भोटको सहानभुती पाएकी गुरुङलाई एमाले पार्टीभित्रको कुनै पनि गुटमा नलाग्दाको लाभ पनि भयो । खगराज अधिकारी र पिएस गुरुङ समुहको झगडामा एक अर्को समुहलाई असहयोग भएपनि मञ्जु गुरुङलाई भने दुबै समुहको सहमति भएको पाईन्छ । गठबन्धन दलका पार्टीहरुको सहयोग र एमालेमा सबैको सहानभुती भोटका कारण मञ्जु जितको नजिक पुगेको देखिन्छ ।