पोखरा/पोखरामा महानगरपालिकामा यतिवेला मतगणना तिव्रतासाथ अगाडि बढिरहको छ । पोखराको ५० हजार मतगणना अनुसार गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार बनेको धनराज आचार्यले निरन्तर अग्रता कायम गर्दै आएको छ । आचार्यले आफ्ना प्रतिस्पर्धी एमाले नेता कृष्णा थापा लाई करिव २४०० मतले पछी पारेका छन् । उपप्रमुखमा भने गठबन्धनकी उम्मेदबार कोपिला रानाभाट केहि मतले एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ अगाडि बढेकी छन् ।
अहिलेसम्म १२ वटा वडाको मतगणना सकिएको छ त्यसमा काँग्रेसले ९ वटा वडा जितेको छ भने एमालेले ३ वटा वडा अध्यक्षको उम्मेदवारले बिजय हाँसिल गरेका छन् । मतगणनाको सुरुवाती रुझान हेर्दा गठबन्धनका तर्फबाट प्रमुखको उम्मेदवार बनेका आचार्यले निर्वाचन जित्ने संभाबना बढि रहेको देखिन्छ भने उपप्रमुख पदमा भने प्रतिस्पर्धा रहेको देखिन्छ । अहिले ६ वडामा मतगणना कार्य जारि रहेको छ ।
यस्तो छ अहिलेसम्मको प्रमुख र उपप्रमुख पदको मतपरिणाम
प्रमुख
कृष्ण थापा सुर्य १८३६६
धनराज आचार्य कलम २०७४९
खड्कराज पौडेल लौरो११३४
उपप्रमुख
मञ्जुदेवी गुरुङ सुर्य २०९७७
कोपिला रानाभाट रुख२०९६३