पोखरा । पोखरा वडा नं. ७ को मतगणना भइरहँदा नेपाली काँग्रेसका कार्यकर्ताले एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारीमाथी हातपात गरेका छन् । मतगणना अनुगमन गर्न गएका अधिकारीमाथी काँग्रेस वडा ७ का अध्यक्षका उम्मेदवार राममोहन आचार्यको नेतृत्वमा काँग्रेसका कार्यकर्ताले दुव्र्यवहार तथा हातपात गरेका एमाले श्रोतले जनाएको छ ।
हातपात भएपश्चात मतगणना स्थगित भएको थियो । केही समय एमालेका कार्यकर्ताले नाराबाजी समेत गरेका थिए । पछि कार्यकर्ताले माफि मागिसकेपश्चात सर्वदलिय बैठक बसी मतगणना शुचारु भएको जनाइएको छ ।