पोखरा/पोखरा महानगरपालिकामा मतगणनाले तिव्रता पाएको छ । पछिल्लो १८,१२० को मतपरिणाम अनुसार करिव ९ सयको मतान्तरले गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्य अगाडी रहेका छन् । मेयरमा गठबन्धनका धनराजले ७४१४ मत ल्याउदा एमालेका कृष्ण थापाले ६५४५ मत ल्याएका छन् । उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले ७६३३ ल्याउदा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ७४३८ मत ल्याएकी छीन । मेयरको तुलनामा उपमेयर पदमा मतान्तर कम रहेको छ ।
हालसम्म वडाहरु १,२,३,४,१२,२३ को पुर्ण नतिजा सार्वजानिक भईसकेको छ । वडा नं. १ बाहेक अन्य वडामा काँग्रेसका उम्मेदवारले बिजय हाँसिल गरेका छन भने वडा २४,२५,२६ ,५ र १३ को मतगणना जारी छ ।
