पोखरा/पोखरा महानगरपालिकाका मेयरका उम्मेदवारहरुले मतदान गरेका छन् । नेकपा (एमाले)का तर्फबाट मेयरका उम्मेदवार बनेका कृष्ण थापाले पोखरा १६ मा रहेको बिन्दबासिनी मावीका मतदान केन्द्रमा ,गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका एकिकृत समाजबादीका नेता धनराज आचार्यले पोखरा ३३ मा रहेको शान्ती उदय मावीको मतदान केन्द्रमा मतदान गरेका हुन भने अटेरि अभियानका तर्फबाट मेयरका उम्मेदबार बनेका गनेस पौडेलले पोखरा १४ को रामेश्वरी मावीको केन्द्रको मतदान केन्द्रमा मतदा गरेका हुन् ।
पोखरा महानगरपालिकामा सबै मतदान केन्द्रमा शान्तीपुर्ण तरिकाले मतदान चलिरहेको छ ।