कास्कीमा चुनाव हाक्न नेविसंघले गर्यो ५०८ सदस्यीय परिचालन समिति गठन

 

पोखरा/नेपाली काँग्रेसको बिद्यार्थी संगठन नेपाल विद्यार्थी संघले कास्कीको निर्वाचन हाँक्नका लागि ५०८ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको बिद्यार्थी परिचालन समितिका संयोजक बिकास थापाले जानकारी दिए । थापाले नेपाली काँग्रेस र गठबन्धनका उम्मेदवारलाई निर्वाचनमा विजयी बनाउन परिचालन समिति गठन गरेको हो ।
युवा बिद्यार्थीहरुलाई निर्वाचन अभियानमा काँग्रेसका उम्मेदवारहरुसँग जोड्नका लागि अभियानको थालनी गरेको बताउदै थापाले परिचालन समितिमा १८ बर्ष देखि २३ बर्ष सम्मका युवाहरु परिचालन अभियानको सदस्य रहेको थापाले बताए ।
थापाका अनुसार नयाँ थपिएका मध्य एक हजार मतदाताहरु नेपाल बिद्यार्थीसँघको संगठित सदस्य हुने । परिचालन समितिका सदस्यहरु निर्वाचन प्रक्रियामा काँग्रेसको उम्मेदवारहरुसँगै हातेमालो गरेर अगाडी बढ्ने बताए ।

यस्तो छ निर्वाचन परिचालन समिति

कमेन्टहरु
Loading...