‘चुनाव त जिति सकियो सुझाब संकलन लागि घरदैलोमा छौँ’– थापा

पोखरा /यतिबेला पोखरामा दलहरुको घरदैलोले तिव्रता पाएको छ । पोखरा महानगरपालिकाको सबैजसो वडामा दलका कार्यकर्ता र उम्मेदवारहरु घरदैलोमा छन् । पोखरा २६ काँग्रेसलाई पनि यतिबेला घरदैलो गर्न भ्याई नभ्याई छ । तरुण दलका जिल्ला सचिव नरेन थापा यतिवेला वडा अध्यक्षका लागि चुनावी मैदानमा छन् । चुनावी मैदानमा टिका र माला लगाएर हिडेका थापालाई चुनाव जित्नुहुन्छ त भन्ने प्रश्न गर्दा उनी भन्छन् ,‘चुनाव त जितिसक्यौँ । अब वडा कस्तो बनाउने भन्ने सुझाब संकलनका लागि घरदैलो गरिएको हो । गएको पाँच बर्षमा वडाको हालत कस्तो भयो भन्ने कुराको अनुभुति आम जनताले गहिरोगरि गरेका छन् । ’
अन्य दलले काम गरेन भनेर मात्र जित्ने हो कि तपाईँसँग चुनावी योजना पनि छन ? भन्ने प्रश्नमा थापा भन्छन् –‘मलाई धेरै बनावटी कुरा गर्न आउँदैन । जे जे गर्न सकिन्छ त्यो त्यो मात्र बोल्ने हो । मुल कुरा त शिक्षा स्वास्थ्यलाई कम्तिमा निशुल्क र सर्वशुलभ बनाउनु छ । सरकारी स्कुलहरुमा निजिमा भन्दा स्तरीय शिक्षा पाईन्छ भन्ने कुराको थालनी गर्नुछ । बिपन्नहरुलाई स्वास्थ्य उपचारमा सहजीकरणका लागि बिपन्न परिवारलाई वडाले स्वास्थ्य बिमा गरिदिने छ । वडालाई सहि व्यबस्थापन गर्न नसक्दा खास समस्याहरु आएका हुन त्यसलाई व्यबस्थीत संचालन गर्ने मेकानिजम मसँग छ । अर्को कुरा भ्रष्टचार शुन्य अवस्थामा झार्न सकियो भने अझै धेरै गर्न सकिन्छ । मलाई वडा अध्यक्ष भएर पैसा लुटौला भन्ने छैन । ’
नेपाली काँग्रेस वडा २६ वडा अध्यक्ष पदका प्रत्यासी थापा यतिबेला वडाबासिकोमा तामझामसहित भोट माग्न व्यस्त छन् ।

कमेन्टहरु
Loading...