पोखरा/पाँच दलिय गठबन्धनले पोखरा महानगरपालिकामा वडा नं २२ को वडा अध्यक्ष दिने सहमति गरेको छ । सहमति अनुसार गठबन्धन दलका अन्य उम्मेदवारहरूले वडा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी फिर्ता गराएका हुन् ।
गठबन्धनमा सहमति अनुसार जसपालाई २२ मा अन्य दलले सहयोग गर्ने भनिएको भएपनि कहिले अरूलाई नै समर्थन गरेको भन्ने समाचार झुटो भएको जसपा पोखरा महानगरका अध्यक्ष राजु क्षेत्री बताए ।
क्षेत्रीले गठबन्धनभन्दा बाहिर सहमति गर्ने निती नरहेको कारण गठबन्धन दलका साथीहरूले जसपालाई वडा २२ मा सहयोग गर्नुभएको हो । यसमा अल्झिन वा अस्पष्ट हुनुपर्ने केहि कारण नरहेको क्षेत्रीले बताए ।
उक्त वडामा गठबन्धनको तर्फबाट उम्मेदवारको रुपमा नेतृ सरिता वराल क्षेत्री छाता चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएकी छिन् ।
