पोखरा । स्थानीय चुनावका लागि गठबन्धन नगर्न भन्दै नेपाली काँग्रेसका कार्यकर्ताले कास्की पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दी गरेसँगै कार्यालय भित्र रहेका कास्की काँग्रेसका पदाधिकारी थुनिएका हुन् ।
गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्यलाई उम्मेदवार बनाइएपछि त्यसको विरोधमा काँग्रेस कार्यकर्ता विरोधमा उत्रिरहेका छन् ।
सोही विरोधस्वरूप आइतबार कार्यालयमा तालाबन्दी गर्दै कार्यकर्ताले जिल्ला सभापतिसहितका पदाधिकारीलाई थुनेका हुन् ।