एकीकृत समाजवादी स्याङ्जाका सचीव टिकाराम नेपालीको पार्टी छाड्ने संकेत

 

पश्चिमान्चल इन्जिनियरिङ्ग अध्ययन संस्थान बाट बिद्यार्थी राजनीति सुरु गरेका स्याङ्जाका टिकाराम नेपालीले माधव नेपालको एकीकृत समाजवादी छाड्ने संकेत दिएका छ्न ।स्थानीय निर्वाचन नजिकिएसंगै विभिन्न पदमा नेता कार्यकर्ता दावी गरिरहेका छ्न । उनको आधिखोला गाउपालिका प्रमुखमा पार्टीले सिफारिस गरेको थियो । विभिन्न षड्यन्त्रमुलक ढंगले अमुक ब्यक्तिको सिफारिसमा टिकटको निर्णय गरिएपछि नेता कार्यकर्ताबाट यस्तो अपमान सहन नसकिने भन्दै दवाव आएपछी उहाले पार्टी छाड्ने संकेत दिइका हुन् । निरन्तर माधव नेपाललाई साथ दिएका उनलाई पार्टी भित्रैबाट कर्नरमा पारेको एक नेताले बताए ।

कमेन्टहरु
Loading...