पोखरा । स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित आइतबार बिहान करिब साढे १० बजे जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु प्रहरीले जनाएको छ ।
जीपमा सवार १३ मध्ये ६ जना घाइते अवस्थामा रहेका समेत प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी ५ जनाको मृत्यु भएको घोषणा भइसकेको र २ जनाको घोषणा हुन बाँकी रहेको छ ।
घाइतेहरुको पोखरा र स्याङजामा उपचार भैरहेको छ ।
दुर्घटनाका विषयमा थप विवरण भने आउन बाँकी छ ।