पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको रिजनल हस्पिटलको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर भिमादमा सम्पन्न भएको छ ।
उक्त शिविरमा १६३ जनाले निशुल्क भिडियो एक्सरे, १७७ जनाले निशुल्क ल्याब सेवा, २३६ जनाले निशुल्क इसिजी सेवा, ६५ जनाले निशुल्क एक्सरे, २१ जनाले निशुल्क पिएफटी सेवा र ५६३ जनाले निशुल्क विशेषज्ञ सेवा लिएका थिए । साथै आवश्यक अनुसार बिरामी अनुसार निशुल्क औषधी वितरण समेत उक्त शिविरमा भएको थियो ।
शिविरमा रिजनल हस्पिटलका कन्सल्टेन्ट फिजिसियन डा. कृष्णराज अधिकारी, कन्सल्टेन्ट फिजिसियन डा. राजेन्द्र पौडेल , हाड जोर्नि नसा रोग विशेषज्ञ डा बिजय परियार, हाड जोर्नि नसा रोग विशेषज्ञ डा।सरोजचन्द्र दाहाल, डा. किसोर थापा, जनरल सर्जन डा. सुनिलमान बिजुक्छे, स्त्रीरोग बिशेषज्ञ डा. तारा गुरुङ, डा.प्रबिन बराल, डा. सुदर्शन, डा. राज गुरुड, नर्सिड,प्राबिधिक, ल्याब, फार्मेसी बिभागको सहभागिता रहेको थियो ।