टुहुरो छोराको पर्खाई, ‘मेरी आमा आए फर्केर’ (भिडियाे सहित)

पोखरा । जन्म दिने आमाले छोडेपछि बालबच्चा टुहुरो बन्छन नै । मरेर गएको मान्छे फर्केर आउँदैन तर मृत व्यक्तिको सम्झना पलपलमा आइरहन्छ । मरेर गएकी आमाको सम्झनामै हरेक पल बिताउने टुहुरोको छोराको कथा वास्तवमै दर्दनाक नै हुन्छ । यस्तै परिकल्पनालाई समावेश गरी गायक गायिकाले थुप्रै गीत बनाएर गाएका छन् ।

संगीतकार दिपक अधिकारीले पनि एउटा यस्तै गीत बनाए, ‘मेरी आमा आए फर्केर ।’ जुन गीत अहिले बजारमा आएको छ । टुहुरो छोराको कथालाई बेदना स्वरुप उतारिएको गीतमा बहुचर्चित गायक खुमन अधिकारीले आवाज दिएका छन् । दिपक अधिकारीको संगीतमा तयार भएको गीतलाई मिलन अधिकारीले शब्द कोरेका हुन् ।

गीतको भिडियोमा रमा थपलिया आमा बनेकी छन् । भिडियोमा टुहुरो बनेका मोडल महेन्द्र गौतमको अभिनयले हेर्नीको आसु चुहाएको छ । मोडल गौतमले फेसबुकमा आमा सम्बन्धी गीत आफूलाई निकै फाप्ने गरेको भन्दै सेयर गरेका छन् । दुर्गा पौडेलको छायांकन तथा निर्देशनमा तयार भएको उक्त गीत गुड लक नेपालको अफिसियल युटुवबाट बजारमा आएको छ । गीतलाई तारानाथ आचार्यले एरेन्ज गरेका हुन् ।

सार्वजानिक गीतले सबै दर्शक श्रोताको मन जित्ने अपेक्षा संगीतकार दिपक अधिकारीले गरेका छन् ।

कमेन्टहरु
Loading...