नेकपा एस निकट शिक्षक संगठन कास्कीको अध्यक्षमा नेत्र सुवेदी

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको कास्की जिल्ला भेला सम्पन्न भएको छ। भेलाले नेत्र सुवेदी अध्यक्ष तथा युवराज अधिकारी सचिव रहेको १७ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ।

भेलाको उद्घाटन गर्दै कार्यक्रमका नेकपा एसका केन्द्रीय सदस्य कृष्ण नेपालीले शिक्षाको ज्योति विना कुनै पनि मुलुकले समृद्धी हासिल गर्न नसक्ने चर्चा गर्दै राष्ट्रको उन्नतिमा शिक्षकहरुको अतुलनीय भुमिका रहने वताउदै आफ्नो पार्टी शिक्षकहरुको पेशागत मर्यादा र हितका निम्ति सधै कटिवद्ध भएर लाग्ने वताए। । कार्यक्रममा नेकपा एस कास्कीका उपाध्यक्ष खड्ग हमाल, उपसचिव पुर्ण लामा, डिवि राई, प्रगतिशील शिक्षक संगठनका केन्द्रिय सदस्यहरु मेनका आचार्य, सन्तवहादुर भुजेल, कलाधर शर्मा, प्रदेश सदस्य नारायण अधिकारी, गोविन्दराज पौडेल, बुद्धिजीवि संगठनका केन्द्रिय सदस्य पदम दवाडी, सरकारी कर्मचारी संगठन कास्की अध्यक्ष सोमलाल तिवारी, युवा संघ नेपाल कास्की अध्यक्ष असिम गुरुङ लगायतले भेला सफलताको शुभकामना व्यक्त गरेका थिए।

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन कास्की जिल्ला भेला आयोजक समितिका संयोजक नेत्र सुवेदीको अध्यक्षतामा सम्पन्न भेलाको संचालन गोपालराज पौडेलले गरेका थिए। भेलाले पहिलो बैठकवाट बाँकी पदाधिकारीहरु चयन गर्ने र जिम्मेवारी वाँडफाँड गरि सदस्यता वितरण कार्यलाई अभियानका रुपमा अगाडी बढाउने निर्णय गरेको छ।

कमेन्टहरु
Loading...