आज कास्कीका १८६ सहित गण्डकीमा ३७८ जनामा कोभिड संक्रमण

गन्थन संवाददाता, पोखरा । कास्की जिल्लामा आज (सोमबार) १ सय ८६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गण्डकी प्रदेशभित्रका जिल्ला म्याग्दीमा २, गोरखामा ४५, मुस्ताङमा १, पर्वतमा ३, लमजुङमा ४, तनहुँमा ३१, बागलुङमा ९, स्याङ्जामा ६३ र नवलपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । आजमात्रै गण्डकी प्रदेशमा कुल ३ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ ।

कोभिड संक्रमण बढिरहेकाले स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न र सजगता अपनाउन स्वास्थ्य निर्देशनालयले सबैमा आग्रह गरेको छ ।

थप विवरणः

 

कमेन्टहरु
Loading...