अस्पतालबाट नै कोरोना संक्रमणको जोखिम

राजु गिरी, पोखरा । तस्विरमा देखिएको दृष्य पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखराको हो । कोरोनाको ओमिक्रोन भेरियन्ट अप्रत्यासित रुपमा बढेपछि देशमा अनिवार्यरुपमा स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन नै जारी गरिएकाे छ । कास्की प्रशासनले त झन माघ १ गतेदेखि स्मार्ट लकडाउन नै जारी गरेको छ । संक्रमण रोकथामका लागि २५ जनाभन्दा बढी जम्मा हुन नहुने, दुरि कायम राख्नुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने लगाएत स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने भनेर प्रशासनले निर्देशन दिएको छ ।

यसरी अस्पतालमा नै अव्यवस्थित भिडभाड भएमा कोरोना संक्रमणको जोखिम झन बढेर गएको छ । अस्पतालमा उपचारका लागि आएका सेवाग्राहीबाटै घरघरमा कोरोना लैजान सक्ने जोखिम देखिएको छ । त्यसमाथी बिरामीको उपचारका लागि खटिने स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिदै जाने हो भने अवस्था कति भयावह हुन सक्छ हामी आँकलन पनि गर्न सक्दैनौं ।

अस्पताल प्रशासनले नै व्यवस्थीत गराउनु पर्ने उपचार गराउन आएको सेवाग्राही बताउँछन् । ‘हामी नै त्यस्तै छौं झ्यालमै झुम्मीनु पर्ने । हो सबैलाई हतार छ तर हतार भन्दैमा यस्तो भिडमा मास्क नै नलगाउने अनि टास्सीयरै लाइनमा बस्नुपर्ने भन्ने त छैन नी ।’ ,साथीलाई उपचारका लागि आएका वर्षा विक्रम राणा बताउँछन् । आफुले भिडलाई व्यवस्थित बनाउन खोज्दा झन गाली खाएको उनी बताउँछन् । उनी भन्छन्, ‘उनीहरुकै लागि भएपनि हामीले भनेर मान्दैनन्, तर प्रशासनले भन्यो भने सबैले मान्छन् ।’

अस्पताल प्रशासन ले यस विषयमा यथासक्य छिटो उचित कदम चाल्नुपर्ने देखिएको छ । नत्र उपचार गराएर निको होइन की झन संक्रमण लिएर आफु र आफ्नो परिवारको जिन्दगी दाउमा राख्नुपर्ने अवस्था आउन सक्छ ।

कमेन्टहरु
Loading...