२०७२ सालको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले दुई वर्षभित्रमा चुक्ता पुँजी चार गुणाले बढाउने नीति ल्याए पनि बैंक तथा वित्तीय संस्थाको संख्या घटेन । हकप्रद सेयरको माध्यमबाट पनि पुँजी बढाउन दिँदा मर्जरमा जानुको सट्टा बैंक तथा वित्तीय संस्थाले छोटो समयमा हकप्रद सेयर जारी गरेरसमेत चार गुणाले पुँजी बढाए । जसकारण उपलब्ध कोषलाई उपयोग गर्न आक्रामक कर्जा विस्तार गर्दा तरलता अभावजस्ता साइड इफेक्ट देखिएको अध्ययनमा उल्लेख छ ।
२०७३ सालदेखि बैंक तथा वित्तीय संस्थाको प्रतिसेयर आम्दानी र प्रतिफल दर निरन्तर रूपमा घटिरहेको प्रतिवेदनले औल्याएको छ । जसकारण बैंकका बैंकका लगानीकर्ता निरुत्साहित भएको भन्दै उक्त चुनाैती व्यवस्थापनका लागि खुला बजारको अवधारणाअनुसार नै व्याजदर निर्धारण हुने व्यवस्था मिलाउनसमेत आग्रह गरिएको छ ।
परिसंघले उपाध्यक्ष राजेश उपाध्यायको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । २०७७ चैतमा गठन भएको करिब नाै महिना लगाएर गरेको अध्ययन प्रविवेदन गत मंगलबार गभर्नर महाप्रसाद अधिकारीलाई बुझाइएको परिसंघले जनाएको छ ।